काठमाडौँ, १४ साउन । प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि कसैको धर्म जबर्जस्ती परिवर्तन गराउन नहुने बताउनुभएको छ ।
राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको विभिन्न मागसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताका सम्बन्धमा जनताबाट विभिन्न रायसुझाव आएकाले बीचको बाटो अपनाउँदा उचित हुने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामाथि रहेका कमीकमजोरी सच्याई सबैका भावना समेटेर संविधान जारी गरिने विश्वास दिलाउनुभयो ।
समयमै संविधान जारी गर्न नसकिए मुलुक ठूलो दुर्घटनामा पर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानको प्रक्रिया र संविधानसभा बाहिर रहेका दललाई पनि सहमतिमा ल्याउन आफूले प्रयास गरिरहेको जानकारी गराउनुभयो ।












प्रतिक्रिया