२० कार्तिक २०८३, शुक्रबार

‘सीमाङ्कनबिनाको संविधानको औचित्य छैन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gacheedarकाठमाडौँ, १३ साउन । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जिल्लाहरुको सिमाना तोडेर भएपनि प्रदेशहरुको सीमाङ्कन गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले आफू प्रदेशको सीमाङ्कनसहितको संविधानको पक्षमा रहेको स्पष्ट पार्दै सीमाङ्कनबिना संविधान बन्न दिन्न भन्नु पनि गैरजिम्मेवारपन हुने तर्क गर्नुभयो ।

सीमाङ्कनबिनाको संविधानको औचित्य नभएको भन्दै असन्तुष्ट रहेका दलहरुलाई अध्यक्ष गच्छदारले आठ प्रदेश हुने भनेर प्रदेशको सङ्ख्या तोकिसकेपछि पनि सङ्घीयता हुँदैन कि भनेर अविश्वास गर्नु तर्क सङ्गत नभएको धारणा राख्नुभयो ।

रिपोटर्स क्लबको आज यहाँ ज्ञापनपत्र बुझ्दै उहाँले नयाँ संविधानको मस्यौदामा पुर्ण प्रेस स्वतन्त्रता हुनु पर्नेमा पूर्ण भन्ने शब्द भुलवस छुटेको हुनसक्ने बताउनुभयो । अध्यक्ष गच्छदारले मस्यौदाको संशोधन गर्दा पुर्ण शब्द थपिने स्पष्ट पार्नु भयो ।

उहाँले नयाँ संविधानमा धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्ने विषयमा प्रमुख दलहरुबीचमा सहमति भइसकेको जानकारी दिनुभयो । रासस