एमाले केन्द्रीय कार्यालय परिसरमा पार्टी केन्द्रीय कमिटीको बैठक वसिरहेको थियो । गत वैशाख १२, १३ र २९ का शक्तिशाली भूकम्पका धक्का र यस पछिका निरन्तर आएका पराकम्पनहरुले प्रताडित वनाइरहेको नेपाली समाजको वास्तविक पीडा व्यक्त गर्ने कुनै शव्द नै थिएन । संविधान निर्माणको तीव्र शृंखला चलिरहेको हुनाले हाम्रो बैठक ढुक्कसँग खुकुलो बहसका लागि समय अपर्याप्त थियो नै । बैठकको प्रारम्भमै कमरेड प्रदिप ज्ञवालीले पटकपटक वैठकपश्चात एउटा डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यक्रम छ, जुन अत्यन्तै मर्मस्पर्शी छ, हेर्न नछुट्नु होला भनेर केन्द्रीय सदस्यहरुलाई सूचना दिनु भएको थियो ।
त्यस दिनको वैठक स्थगित भैसकेको थियो । खाजा खाइसकेर हामी देशभरबाट आएका पार्टी केन्द्रीय कमिटीका सदस्यहरुसँग हात मिलाउन र हालखवर सोधपुछ गर्न बयस्त थियौं । भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको पार्टी कार्यालय अगाडि आँगनमा टेन्ट हल निर्माण गरिएको थियो । कपडाको पर्र्दा भित्र हामी बसिरहेका थियौं । हावा सिरसिर चलिरहेको थियो । हावाको मन्द गति मै पनि पर्दा मज्जैले तलमाथि, वरपर गरिरहेको थियो । ‘पर्दा हल्लाउने हावा त सहन गर्न सकियो जमिन हल्लाउने हावा थाम्न सकिएन’ भन्दै हाँसो ठट्टा गरिरहेका थियौं, हामी । यतिकैमा पर्दामा भूकम्पका सेटलाइट दृष्यहरु देखिन थाले । एकाएक सन्नाटा छायो, हामी सबै भित्ताको दृष्यलाई नियाल्न नै व्यस्त भयौं । ५५ मिनेटको डकुमेन्ट्री छ भन्दा कति लामो बनाएको भन्ने लागिरहेको थियो, जब पर्दामा आँखा पर्दैरहे ति दृष्यहरुलाई मिठो भाषामा लेखिएको भावउत्तेजक स्क्रिप्टलाई पाठ गर्दै दर्शकहरुका कानलाई एकाग्रचित बनाउने आवाज गुन्जिरहेको थियो । हामी हाम्रा ज्ञानिन्द्रियहरुलाई एकाग्रचित पार्दै शरिर भित्र रगतको गति बढाइरहेका थियौं ।
यो पंक्तिकार पनि पार्टी केन्द्रीय कमिटीले भूकम्पको उद्धार तथा पुननिर्माण अभियानमा खटाएको एउटा कार्यकर्ता थियो । हामीले देखेको, सुनेको र अनुभूति गरेको भन्दा के नै भिन्न होला र भन्ने लागिरहेको थियो । तर जब डकुमेन्ट्री हेर्न सुरु गरियो, प्रत्येक श्रृंखलाले चारैतिर बाँध्दै बाँध्दै ल्यायो, पटकपटक शरिरका रौं ठाडा भए र मन भक्कानियो । यसरी कठोर मनलाई पगाल्न सक्ने बनाउने दृष्यहरुको संगालो रहेछ ‘भाग्यले बाँचेकाहरु’ ।
जब डकुमेन्ट्री हेर्न सुरु गरियो, प्रत्येक श्रृंखलाले चारैतिर बाँध्दै बाँध्दै ल्यायो, पटकपटक शरिरका रौं ठाडा भए र मन भक्कानियो । यसरी कठोर मनलाई पगाल्न सक्ने बनाउने दृष्यहरुको संगालो रहेछ ‘भाग्यले बाँचेकाहरु’ । भूकम्पबाट अति प्रभावित क्षेत्रभित्र घटेका अति नै सम्वेदनशील घटनाहरुलाई भावउत्तेजक रुपमा प्रस्तुत गरिएको यो डकुमेन्ट्री वास्तवमै महत्वपूर्ण र हेर्न लायक रहेछ । झण्डै एक घण्टाको समय कतिबेर बित्यो पत्तै भएन ।
पहिले ड्रोनमार्फत आकाशबाट खिचेका भिडियो दृष्यहरु, अनि रामेछाप, नवाकोट, काठमाडौँ, धादिङ, गोर्खा, भक्तपुर लगायतका भूकम्पबाट अति प्रभावित क्षेत्रभित्र घटेका अति नै सम्वेदनशील घटनाहरुलाई भावउत्तेजक रुपमा प्रस्तुत गरिएको यो डकुमेन्ट्री वास्तवमै महत्वपूर्ण र हेर्न लायक रहेछ । झण्डै एक घण्टाको समय कतिबेर बित्यो पत्तै भएन ।
९० साल र ७२ सालका दूई महाभूकम्पकै कम्पन र प्रभावलाई आफ्नै आँखाले देखेका र अनुभव हाँसिल गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम भनाई ‘भूकम्प, पराकम्पन नव निर्माण र परिवर्तनका लागि हो’ यो अझै महत्वपूर्ण छ ।
यसका निर्देशक गणेश पाण्डे प्रेस चौतारीका केन्द्रीय सचिव पनि हुनुहुन्छ । उहाँले यो डकुमेन्ट्री विदेशका विभिन्न ठाउँमा सो हुने वताउनु भएको छ । भूकम्पको क्रासले नेपाल आउन डराइरहेका पर्यटकहरुलाई अझै नेपालमा हेर्न लायक पर्यटकीय स्थलहरु धेरै छन भन्ने थप सन्देश दिन सक्यो र पुननिर्माणमा खटिएका नेपालीहरुले वनाएका अस्थायी घर टहरा र स्कुल तथा सामुदायिक भवनको निर्माणको सृंखलालाई थारै जोडियो भने यो अझै पर्फेक्ट डकुमेण्टी हुनेछ । यस मन छुने र यसपालीको भूकम्पको सांगोपांगो चित्र प्रस्ट हुने गरि शन्देशमूलक यो डकुमेन्ट्री निर्माण गर्नु भएकोमा निर्देशक पाण्डे र उहाँको टिमलाई हार्दिक धन्यवाद । हामीलाई वैठक परिसरमै हेर्ने मौका दिनु भएकोमा पनि धन्यवाद र यो निर्देशनको श्रृंखला निरन्तर रहोस हार्दिक शुभकामना…..!
(लेखक नेकपा एमालेको केन्द्रीय सदस्य एवं चर्चित विद्यार्थी नेता हुनुहुन्छ)














प्रतिक्रिया