काठमाडौं, १३ साउन । हिन्दु राष्ट्रको माग राख्दै आज पश्चिम नेपाल बन्दको आव्हान गरिएको छ ।
बन्दका कारण जनजीवन प्रभावित भएको छ । सडकमा सवारी चल्न सकेका छैन् । हिन्दू राष्ट्र बचाउ सङ्घर्ष समितिले अब बन्ने संविधानमा हिन्दू राज्य हुनुपर्ने माग राख्दै बुधबार पश्चिम नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण नवलपरासी दाङ, चितवन, बाँके बर्दिया लगायतका तराईका जिल्लाको जनजीवन प्रभावित भएको हो । यस्तै, चितवन बन्दका क्रममा अत्यावश्यक सवारीका साधन समेत बन्द गराएको भन्दै प्रहरीले आज बिहान ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार अक्सिजन ग्यास बोकेको गाडीको चाबी खोसेको भन्दै चौबिसकोठीबाट एक र आँपटारीबाट ६ जनालाई नियन्त्रणमा लिएको हो ।
बन्द गराउन बिहानैदेखि आयोजक बजार क्षेत्रमा देखापरेका छन् । बिहानदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल फाट्टफुट्ट चलिरहेका छन् ।













प्रतिक्रिया