२० कार्तिक २०८३, शुक्रबार

पाँच दिने भ्रमणमा देउवा आज भारत जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaकाठमाडौं, १३ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँचदिने भ्रमणका सिलसिलामा आज भारत जाँदैछन् ।

भारत सरकारको निमन्त्रणामा देउवा पत्नि आरजुसँगै आज अपराह्न ४ बजे पाँच दिने भारत भ्रमणमा नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संविधान निर्माण र जनमतको बारेमा छलफल तथा भारतको चाहना बुझ्न नेता देउवा भारत जान लागेका हुन् ।

भारत भ्रमणमा देउवाले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने निश्चित भएको छ ।

त्यसपछि देउवा नयाँदिल्लीमा भेटघाट सकेर उत्तराखण्डस्थित भारतको सबैभन्दा उच्च स्थानमा रहेको तेहरी जलाशयको समेत भ्रमण गर्नेछन् । भारतीय रक्षा मन्त्रालयअन्तर्गतको इन्स्टिच्युट अफ ल डिफेन्स स्टडिज एन्ड एनालाइसिसमा नेपालको जारी संविधान निर्माण र राजनीतिक घटनाक्रमबारे देउवाले प्रवचन समेत दिने कार्यक्रम छ ।