काठमाडौँ, १२ साउन । नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
उच्च रक्तचापका कारण टाउको दुखेपछि उहाँलाई अघिल्लो दिन वीर अस्पतालमा भर्ना गरिएको थियो । डा गणेश गुरुङ, डा भूपेन्द्र बस्नेतलगायतका समूहले उहाँको उपचार गरिरहेको छ भने रगत लगायत आवश्यक अन्य परीक्षण पनि गरिएको छ ।
उहाँलाई स्वास्थ्यमा सुधार हुँदै गए चिकित्सकको सल्लाहमा चाँडै घर फर्किनुहुने सहयोगी मोहन गौतमले जानकारी दिनुभयो । यसैबीच, पार्टीका उपमहासचिव विष्णु पौडेल उहाँको स्वास्थ्य अवस्था बुझ्न आज अस्पताल पुग्नुभएको थियो ।
सोमबार संसद बैठकमा सहभागी भएका नेता नेपाललाई अचानक रिगटा लागेपछि अस्पताल भर्ना गरिएको थियो ।












प्रतिक्रिया