२० कार्तिक २०८३, शुक्रबार

जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्दैनौं : नेता यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavविराटनगर, १२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताउनुभएको छ ।

विराटनगरमा आज बिहान आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले सदियौँदेखि पहिचान नपाएका मधेसी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत वर्गलाई अधिकारबाट वञ्चित गरेर ल्याउन लागिएकाले त्यस्ता संविधान मान्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले जनताबाट प्रत्यक्षरुपमा कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टीले विगतमा सुझाव दिएको जानकारी गराउनुभयो । विगतमा मधेसी, आदिवासीलगायतसँग गरेका सम्झौता कार्यान्वयन गरेपछि मात्र चार दलसँग वार्ताको औचित्य हुने उल्लेख गर्दै अध्यक्ष यादवले ती सहमति र सम्झौतालाई उल्टाउनका लागि वार्ता नगरिने उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले संविधानसभाको अधिकारलाई कटौती गरेको उल्लेख गर्दै एकात्मक न्यायपालिका स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।संविधानसभाबाट राजीनामा गर्ने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले संविधानसभामा कडारुपमा प्रस्तुत हुने उल्लेख गर्दै राजीनामा गर्ने विषयमा अहिले कुनै निर्णय नभएको बताउनुभयो । रासस