चितवन, ११ साउन । नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकोछ ।
गुडिरहेको बस पुलबाट क्रस गर्ने क्रममा साँझ ६ बजे पुल भाँचिएको प्रहरीले जनाएको छ । पुल भाँचिएपछि गन्तव्यमा गइरहेका सवारी तथा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
सो पुल दुई बर्ष अघि पनि भाँचिएको थियो । प्रहरीले अलपत्र यात्रुलाई गन्तव्यमा पठाउन डाइभर्सन बनाएर यातायात सूचारु गर्ने प्रयास गरिरहेको छ ।
















प्रतिक्रिया