विराटनगर, ११ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताप्राप्तिका लागि हतारमा संविधान ल्याउन लागिएको आरोप लगाउनुभएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज विराटनगरमा आयोजित विरोधसभामा उहाँले ‘विगतमा भएका मधेसी र आदिवासी जनजातिको आन्दोलनलाई उल्टाएर ल्याउन लागिएको संविधान’ स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहिचानसहितको सङ्घीयताका लागि सबैले आन्दोलन गर्नुपर्ने औँल्याउनुभयो । तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालले विगतमा गरिएका सहमतिका आधारमा संविधान जारी हुनुपर्ने बताउनुभयो ।












प्रतिक्रिया