काठमाडौं, ११ साउन । नेपालमा सोमबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं र नुवाकोटको सीमानालाई केन्द्रविन्दु बनाएर सोमबार बेलुका ६ बजेर २३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । केन्द्रका अनुसार काठमाडौं र नुवाकोट सीमा केन्द्रविन्दु भएको भूकम्पको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो । यसअघि आइतबार सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु बनाएर दुई वटा धक्का महसुस गरिएका थिए ।













प्रतिक्रिया