काठमाडौं, ११ वैशाख । संसदमा रिगटा लागेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अस्पताल भर्ना गरिएको छ ।
सोमबार दिउँसो संसद बैठकमा सहभागी हुन बानेश्वर पुगेका नेपाललाई रिगटा लागेपछि वीर अस्पतालमा भर्ना गरिएको हो ।
नेता नेपालको ब्लड प्रेसर हाइ भएकाले अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालको अहिले आईसीयूमा उपचार भइरहेको छ । व्यवस्थापिका–संसद्को बैठकमा सहभागी रहेकै बेला असजिलो महसुस भएपछि पूर्वप्रधानमन्त्री नेपाललाई तत्कालै अस्पताल लगिएको सहयोगी मोहन गौतमले जानकारी दिए ।












प्रतिक्रिया