२० कार्तिक २०८३, शुक्रबार

नेपालमा आइतबार एकैदिन दुई भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौं, १० साउन । नेपालमा आइतबार मात्रै दुईवटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ९-१० बजे १ घण्टाको बीचमा दुई वटा धक्का महसुस भएको हो । पहिलो धक्का दोलखामा महसुस भएको भूकम्पको दोस्रो धक्का सिन्धुपाल्चोकमा महसुस गरिएको थियो ।

पहिलो धक्का ९ बजेर ३० मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलब १ रेक्टर स्केलमा महसुस भएको थियो । यस्तै, भूकम्पको दोस्रो धक्का सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलमा महसुस भएको थियो ।

पछिल्लो समय भूकम्प आउने क्रम कम भइरहेका बेला आइतबार सिन्धुपाल्चोक र दोलखामा धक्का महसुस गरिएको हो । यसअघि शनिवार राति दोलखामै भूकम्प गएको थियो ।

EArth-quake-table