काठमाडौं, १० साउन । मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
आज विहान अचानक मुटुमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा मुटु परीक्षण पश्चात चिकित्सकहरुले पारसको मुटुमा पेस मेकर राख्ने तयारी गरेका छन् ।
उनको आजै राती मुटुमा पेस मेकर राखिने अस्पताल स्रोतले जनायो । पारस शाह आइतबार छोरा हृदयेन्द्रलाई लिएर अस्पताल पुगेका थिए ।
विगत केही वर्षदेखि देशबाहिर बस्दै आएका पारस चैतमा थाइल्याण्डबाट स्वदेश फर्किएका थिए । थाइल्याण्डमा रहदा नै उनको मुटुमा समस्या देखिएको थियो ।












प्रतिक्रिया