चितवन, १० साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले चितवनमा एक सरकारी कर्मचारीलाई दुर्व्यवहार गरेका छन् ।
चितवनको भरतपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई कालोमोसो दलेर विप्लवका कार्यकर्ताले आइतबार दुर्व्यवहार गरेका हुन् ।
सापकोटाले लाखौंको भ्रष्टाचार गरेको भन्दै माओवादी कार्यकर्ताले उनलाई कार्यालयमै कालोमोसो दलेका हुन् । चितवनका विप्लव माओवादीले जनाएअनुसार सापकोटाले जनताको करबाट भ्रष्टाचार गरेको, इमान्दार कर्मचारीलाई पाखा लगाएर भ्रष्टलाई संरक्षण गरेको र बाटो बनाउने पैसाले १ करोड ६३ लाखको गाडी किनेका छन् ।
यिनै आरोपमा उनलाई कालोमोसो दलिएको माओवादीले कार्यालयमा फालेको पर्चामा उल्लेख गरेका छन् । उनीहरुले उपमहानगरपालिकाले आव्हान गरेको नायव सुब्बाको दरबन्दीमा लोक सेवासँग सेटिङ मिलाएर आफ्नी श्रीमतीलाई राखेको आरोप समेत लगाएका छन् ।












प्रतिक्रिया