काठमाडौं, ९ साउन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले गलत मनसाय भएका व्यक्तिले पार्टी कब्जाको नीति अपनाएको आरोप लगाउनुभएको छ ।
एमाओवादीनिकट मजदुर सङ्गठनले आयोजना गरेको ‘नयाँ संविधानमा मजदुरका हक, हित र अधिकार’ विषयक अन्तरक्रियामा बोल्दै नेता भट्टराईले गलत मनसाय भएका व्यक्तिले पार्टी कब्जा गर्न खोजेको भन्दै त्यस्तो गर्नेलाई नछाडिने चेतावनी दिनुभयो
उहाँले भन्नुभयो-‘केही गलत मनसाय भएका व्यक्तिले पार्टी कब्जाको नीति अपनाएको आरोप लगाउँदै पार्टीलाई अब नयाँ ढङ्गले पुनः गठन गर्न लागेको छु ।’
उहाँले पार्टी नेतृत्व (प्रचण्ड)लाई इङ्गित गर्दै अगाडि भन्नुभयो, “पार्टी नेतृत्वकर्ता र उनका आसेपासेले गर्दा अघिल्लो संविधानसभामा एमाओवादीले पाएको जनमतअनुसार कार्य हुन सकेन ।
समयअनुसार पार्टी चल्नुपर्नेमा पुरानो युद्धकालीन ढङ्गबाट पार्टी चलेकाले पार्टीभित्र समस्या सिर्जना भएको छ, यसलाई परिमार्जन गर्दै नयाँ ढङ्गले जानुपर्छ ।”
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘पुँजीपति, नोकरशाही, विदेशी दलालले पार्टीमा सक्रिय पक्षलाई घेराबन्दीमा पारेर आफ्नो स्वार्थसिद्ध हुने काम गरेकाले यो तोड्न जरुरी छ’, ‘प्रचण्ड र उनका आसेपासेले गर्दा अघिल्लो संविधानसभामा एमाओवादीले पाएको जनमतअनुसार कार्य हुन नसक्दा पार्टी पछाडि परेको हो, अब पार्टी पुनः गठन गर्नु जरुरी छ ।’












प्रतिक्रिया