– विवेक विश्वकर्मा
भैरहवा, ९ साउन । संविधान पुर्नलेखन गर्नुपर्ने मधेसी नेताहरुले माग गरेका छन् । संविधानको प्रारम्भिक मस्यौदामा भएका त्रुटिहरु गम्भिर रहेकोले यसलाई सुधार गर्ने हैन कि पुर्नलेखन गर्नुपर्नेमा मधेसी नेताहरुले जोड दिएका हुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भैरहवामा आयोजना गरेको बिरोध सभामा सम्बोधन गर्ने नेताहरुले संविधानको प्रारम्भिक मस्यौदा मधेश बिरोधी रहेकोले यसलाई कुनै पनि हालतमा नमान्ने बताए । कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले ४ ठूला दलहरुले संघीयतालाई नै समाप्त पार्ने षडयन्त्रमा लागेको आरोप लगाए ।
मस्यौदामा प्रान्तहरुलाई साधन र स्रोत माथी कुनै अधिकार दिएको उल्लेख छैन, प्रान्तमा भएका प्राकृतिक साधन र स्रोत माथी प्रदेश सरकारको नै सम्पूर्ण हक हुनु पर्ने यादवको भनाई छ । अहिलेका ४ दलले प्रदेशहरुलाई यो सुविधा नदिई स्रोत र साधन माथी एकाधिकार जमाउन खोजेको उनले आरोप लगाए ।

४ दलले जालसाजी गरि सुरक्षा घेरामा सुझाव संकलन गरेको र यही संविधान आए नेपालमा महाभारतको जस्तै युद्ध हुने उनले चेतावनी दिए । सोही कार्यक्रममा बोल्दै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले अहिलेको संविधानको मस्यौदा मधेश बिरोधी भएकोले नै यसबारे जनचेतना फैलाउन अहिले मोर्चा मधेस दौडाहामा रहेको बताए । ४ दलले पनि मधेशलाई केही जानकारी नभएको भ्रम पालेर बसेको कारण सो मधेशी जनता आन्दोलनमा होमिन उनले आव्हान गरे ।
यस अघि मधेशमा कुनै आन्दोलन गर्नुपरे पूर्वतर्फ ताक्नुपर्ने बाध्यता रहेको र अहिले रुपन्देहीवासी पनि मधेस प्रति जागरुक भएको तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लको भनाई छ ।













प्रतिक्रिया