काठमाडौं, ९ साउन । नेपालमा शनिवार फेरि भूकम्प गएको छ ।
काठमाडौं हल्लाउने गरी आएको भूकम्पको दुई दिनपछि दोलखा केन्द्रविन्दु भएर आज विहान भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।
राति १२ बजेर ३ गएको भूकम्पका कारण दोलखाबासीले सुत्नै पाएनन् । दोलखाका स्थानीय विक्रम पाण्डेले दिएको जानकारी अनुसार मध्यरातमा कडा धक्का महसुस भएपछि गाउँमा कोलाहल मच्चिएको थियो । त्यसपछि कोही पनि सुत्न सकेनन् ।
केन्द्रका अनुसार मध्यराति गएको भूकम्पको धक्का ४ दशमलब ३ रेक्टर स्केलको हो । यसअघि बुधबार राति काठमाडौं हल्लाउने गरी भूकम्प गएको थियो ।














प्रतिक्रिया