२० कार्तिक २०८३, शुक्रबार

सशस्त्र प्रहरीका इन्सपेक्टरको बढुवा, को-को भए डीएसपी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Nepalकाठमाडौं, ८ साउन । सशस्त्र प्रहरी बलका इन्सपेक्टर डीएसपीमा बढुवा भएका छन् ।

नयाँ नियमावली २०७२ लागू भएपछि सशस्त्र प्रहरीले पहिलो पटक ३ जना इन्सपेन्टरलाई डिएसपीमा बढुवा गरेको हो । बढुवा हुनेमा अमृतबहादुर केसी, कुमार कार्की र गणेशबहादुर बुढाथोकी रहेका छन् ।

तीनै जनालाई सशस्त्र प्रहरी महानिरीषक कोषराज वन्तले शुक्रबार डीएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरु तीस वर्षे सेवा अवधिले अवकास हुन लागेका थिए ।

Apf

सशस्त्र प्रहरीको नयाँ नियमावलीमा एकै दर्जामा ५ वर्ष भएका सशस्त्र प्रहरी उपरीक्षक र सो भन्दा मुनीका सशस्त्र प्रहरी कर्मचारीलाई अनिवार्य अवकाश हुनु एक महिना अगाडि एक तह बढुवा गर्ने प्रावधान राखिएको छ ।