२० कार्तिक २०८३, शुक्रबार

हिन्दु राज्यबारे हिमानीको कुटनीतिक जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-saha-1
काठमाडौं, ७ साउन । नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने बहस चलिरहँदा पूर्वयुवराज्ञी हिमानी शाहले भने कुटनीतिक जबाफ दिएकी छिन् ।

विहीवार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी शाहले कुटनीतिक जबाफ फर्काउँदै भनिन्, ‘जनताको जे हो त्यही हो ‘

पत्रकारहरुले संविधानको लागि हिमानीको व्यक्तिगत सुझाव, धर्म निरपेक्षताको पक्षमा हुनुहुन्छ कि विपक्षमा रु जनतालाई के भन्नुहुन्छ रु जस्ता प्रश्न सोधेका थिए । उनले पत्रकारहरुको अधिकांश प्रश्नलाई हाँसेर टारेकी थिइन् ।

हिमानीले पहिलो पटक हिमान ट्रस्टमार्फत बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेकी हुन् । उनको आग्रहमा उपस्थित पत्रकारबाट प्रश्नको वर्षा भएको थियो । जवाफमा हिमानी केबल मुसुक्क हाँसिदिन्थिन् ।

अर्को एक प्रश्नको जवाफमा हिमानीले भनिन्– ‘हामी राजनीतिज्ञ होइन, ट्रस्टको बारेमा कुरा गरौँ न ल ।’ उनले जनताको सुझावलाई नयाँ संविधानमा लिपिबद्ध गरिनुपर्ने प्रतिक्रिया पनि दिइन् ।

लामो समयपछि पूर्वयुवराज्ञी हिमानीले आयोजना गरेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण ढंगले हेरिएको छ । उनले ट्रस्टमार्फत धेरै ठाउँमा भूकम्प प्रतिरोधी स्कुल बनाइदिने पनि बताएकी छिन् । उनी ट्रस्टमार्फत एकपछि अर्को गर्दै सामाजिक कार्यक्रमा सक्रिय देखिन थालेकी छिन् ।

हरियो चुरापोते र मेहेन्दी

पूर्वयुवराज पारस शाहसँग सुमधर सम्बन्ध कायम हुन नसकेपछि पत्रकार सम्मेलनमा भने हिमानी हरियो चुरापोते र मेहेन्दीमा देखिएकी थिइन् ।