काठमाडौँ, ६ साउन । नेपालको सरकारी सवामित्वको एकमात्र भूकम्प मापन केन्द्रले भूकम्पको सूचना गल्ती भएको भन्दै माफी मागेको छ ।
अध्ययनका क्रममा बुधबार राति सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै केन्द्रबिन्दु देखिएपछि भूकम्प मापन केन्द्रले आफ्नो वेभसाइटमा सूचना निकाल्दै माफी मागेको हो । बुधबार राति १० बजेर १४ मिनेटमा काठमाडौँलाई केन्द्रबिन्दुलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । तर, भूकम्प मापन केन्द्रले भने सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बताउँदै आएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले प्राविधिक गडबडीका कारण गलत सूचना गएको बताउनुभयो ।
भूकम्प मापन केन्द्रले यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको सूचना राखे पनि अहिले काठमाडौँ केन्द्रबिन्दु देखाएर नयाँ सूचना राखेको छ ।
पहिले
नयाँ सूचना
नजिकै केन्द्रबिन्दु भएका कारण ४.६ रेक्टर स्केलले पनि काठमाडौँ उपत्यकामा कडा धक्का महसुस गराएको थियो । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
भूकम्प मापन केन्द्रले माफी माग्दै निकालेको सूचना (हेर्नुस् रातो बक्स)
भूकम्पको केन्द्र प्रदर्शनीमार्ग ?
भूकम्प मापन केन्द्रको वेभसाइटमा बुधबार रातिको भूकम्पको केन्द्रबिन्दु काठमाडौंको प्रदर्शनीमार्ग क्षेत्रलाई देखाइएको छ ।
सिंहदरबारको पश्चिमतर्फ महानगरीय ट्राफिक महाशाखाको पनि पछाडिपट्टीको क्षेत्र प्रदर्शनीमार्गलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

















प्रतिक्रिया