२० कार्तिक २०८३, शुक्रबार

संविधानको मस्यौदामा पूर्वराजा ज्ञानेन्द्रको यस्तो सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Indiaकाठमाडौं, ६ साउन । संविधानको मस्यौदामा सुझाव संकलन भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुझाव दिएका छन् ।

मस्यौदाको सुझाव संकलन कार्यक्रममा औपचारिक उपस्थित नभएका ज्ञानेन्द्रले बुधबार सञ्चारकर्मीसँगको सक्षिप्त कुराकानीमा मस्यौदा परिमार्जन गर्न सुझाव दिएका हुन् । ‘सबै जनताको अधिकार समेटिएको, सबैले मान्य संविधान बन्नुपर्छ, त्यो नै हाम्रो चाहना हो’ उनले भने-‘कसैलाई काखा कसैलाई पाखा नहोस् ।’

पूर्वराजा ज्ञानेन्द्रले दलका नेताहरुलाई संविधानको मस्यौदा अधिकतम शंसोधन गर्न सुझाव दिएका हुन् । सभासदहरूले देशभरीबाट नागरिकका सुझाव संकलन गरेपछि पूर्वराजा ज्ञानेन्द्रले मस्यौदा सुझाव बारे मुख खोलेका हुन् ।

राजधानीको बसन्तपुर क्षेत्रमा रहेको महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका पूर्वराजा ज्ञानेन्द्रले जनताका मर्म र भावनालाई समेट्ने संविधान बन्नुपर्नेमा जोड दिए ।