२० कार्तिक २०८३, शुक्रबार

कीर्तिपुरमा एकाविहानै स्कुल बसमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-busकाठमाडौं, ६ साउन । काठमाडौको कीर्तिपुरमा एक अज्ञात समूहले आज विहान स्कुल बसमा आगजनी गरेका छन् ।

कीर्तिपुर नगरपालिका ३ स्थित त्रिभुवन विश्वविद्यालय परिसरको ल्याब्रोटरी स्कूल अगाडि रोकिराखेको मोर्डन इण्डियन स्कुलको ना १ क १०२३ नम्बरको बसमा २÷३ जनाको अज्ञात समूहले आगजनी गरेर भागेको प्रहरीले जनाएको छ ।

विहान सवा ६ बजेतिर दुई व्यक्ति बसमा चढेर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा लागेको आगो तत्काल प्रहरीले निभाएको थियो । आगजनीको कारण खुल्न सकेको छैन । बसमा आगो लगाउने हरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।