२० कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा प्रदर्शनकारीको उग्र रुप: प्रहरी चौकीमा आगजनी, दुई प्रहरी जवान कुटिए (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandehi-police (2) रुपन्देही, ५ असार । संविधानको मस्यौदामा सुझाव संकलन कार्य चलिरहँदा रुपन्देहीमा प्रदर्शनकारीले प्रहरी बिटमा आगो लगाएका छन् ।

हाम्रा रुपन्देही सम्वाददाता विवेक विश्वकर्माका अनुसार प्रहरीसँगको झडपले उग्र रुप लिएपछि प्रदर्शनकारीले धकधईको इलाका प्रहरी कार्यालय अन्तगर्तको विटमा आगो लगाएका हुन् ।

आज विहान रुपन्देहीको क्षेत्र नम्बर एक छगर्झइको रामनरेश यादव आदर्श उच्चमाविमा सुझाव संकलनका क्रममा मधेसी नेता तथा कार्यकर्तालाई भित्र छिर्न नदिएपछि गेटमै नाराबाजी भएको थियो ।

Rupandehi-police (1)

नाराबाजी रोक्न प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । झडपमा परी २ प्रहरी जवानसहित चार जना घाइते भएका छन् ।
रुपन्देहीको धकधईमा प्रहरीसँग भएको झडपमा प्रहरी जवान टेकबहादुर घाम, केशव पाण्डे र प्रदर्शनकारी प्रशान्त गुप्ता र सर्वजित यादव घाइते भएका छन् ।

उनीहरुको धकधई स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सो केन्द्रका नेपाली कांग्रेसका सभासद् अब्दुरज ज्याकको टोलीले सुझाव संकलन गरिरहेको छ ।

Rupandehi-police (5)Rupandehi-police (4)Rupandehi-police (3)