२० कार्तिक २०८३, शुक्रबार

अवरोध र आक्रमणकाबीच मस्यौदामा सुझाव संकलन, देशभर के-के भयो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । मुलुभकर आजदेखि सुरु भएको ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलन कतै विरोध तथा कतै शान्तिपूर्ण तवरले सञ्चालन भइरहेका छन् ।

प्रत्येक जिल्लाबाट हामीलाई प्राप्त समाचार अनुसार विशेषगरी तराईका जिल्लामा केही मधेसकेन्द्रित दलले मस्यौदामाथि विरोध जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् भने अन्य जिल्लामा सुझाव सङ्कलन शान्तिपूर्ण भइरहेका छन् ।

माधव नेपालको कार्यक्रम विथोल्न खोज्दा झडप, गौरमा गोली नै चल्यो

संविधानको मस्यौदामाथि सुझाव सङ्कलनको सुरुवातमा रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा नेपाल सङ्घीय सद्भावना पार्टीका कार्यकर्ताको समूहले एमाले नेता माधवकुमार नेपालको कार्यक्रम विथाल्ने प्रयास गरे ।

रौतहट क्षेत्र नं १ अन्र्तगत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बाहिर भेला भएका सर्वसाधारणले समेत सहभागी हुन पाउनुपर्ने माग राख्दै गरेका बेला आक्रोशित समूहले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीसँग झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Gaur_Protest_07 (1)गौर नगरपालिकाको सभाहलमा बाहिर भीड बढ्दै गएपछि नेकपा एमालेका वरिष्ठ नेता एवम् सभासद् माधवकुमार नेपाललगायत सभासद्हरु वंशिधर मिश्र, रामकुमार भट्टराई ,सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलमलाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ ।

बिहानैबाट तनाव सुरु भएपछि सुझाव सङ्कलन कार्यक्रम प्रभावित भएको छ ।

यसैबीच नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

Gaur_Protest_09

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रहरीबाट गोली चल्यो

गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ । मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन् । उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन् ।

अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार

यस्तै, संविधानको मस्यौदामा जनताको राय सुझाव संकलन गर्न गृहजिल्ला नुवाकोट जाँदै गरेका अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको छ ।

सोमबार बिहान १० बजे नुवाकोटको ढिकुरेस्थित गणेशस्थानमा अर्थमन्त्री चढेको गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको हो । पेट्रोल बम प्रहार भए पनि अर्थमन्त्री र उहाँको टिम सुरक्षित रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री महतको टोली संविधानको मस्यौदामाथि राय संकलन गर्न दुई वटा गाडीमा गृह जिल्ला जाँदै थियो । आक्रमणकारीको पहिचान हुन सकेको छैन ।

सिरहामा प्रचण्ड बसेको कार्यक्रममा ढुङ्गामुढा

यस्तै, आज विहान भारतको एकहप्ते भ्रमणबाट फर्केर सुझाव लिन सिरहाको क्षेत्र नं. ५ को मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका प्रचण्डलाई मधेसवादी र वैद्य माओवादीका कार्यकर्ताले कालो झन्डा देखाई मञ्चमै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Prachanda_hit_by_madheshi_morcha_siraha_5_CA_draft_nepal

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रचण्डलाई मोहन उच्च माविमा पुगेका बेला प्रदर्शनकारीले कालो झण्डा देखाउँदा प्रहरीले बल प्रयोग गरेपछि झडप सुरु भएको थियो । प्रहरीसँगको झडपले उग्र रुप लिएपछि प्रदर्शनकारीले प्रचण्ड बसेको मञ्चमा ढुंगामुढा हानेका थिए । त्यो क्रममा शसस्त्र प्रहरीले घेरा हालेर प्रचण्डलाई बचाएको थियो । ढुगांमुढाबाट प्रचण्डलाई बचाउँदा सुरक्षाकर्मी घाइते भएका छन् ।

झडपले प्रचण्डमाथि आक्रमण भएपछि मस्यौदामा जनताको राय सुझाव संकलन कार्यक्रम प्रभावित भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास समेत हानेको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई बजारबाटै लखेटेको थियो ।

केपी ओलीको कार्यक्रममा लिम्बुवानका कार्यकर्ताको तोडफोड

यस्तै,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित संविधानको मस्यौदामाथिको सुझाव सङ्कलन कार्यक्रममा तोडफोड भएको छ ।

आफ्नो गृह क्षेत्र दमकमा आयोजना गरिएको सुझाव सङ्कलन कार्यक्रममा उपस्थित भएका अध्यक्ष ओलीलाई लक्षित गरी तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड गर्ने दुईजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार रेडक्रस सभाहलमा झापा–७ का सभासद् तथा एमाले अध्यक्ष ओली बोलिरहँदा लिम्बुवानका कार्यकर्ताले हल बाहिर चर्को नाराबाजी र माइक तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ती दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सङ्घीय लिम्बुवान पार्टी नेपालका सन्तोष तुम्बापो र ध्रुव लावती रहेका छन् । मस्यौदा संविधानमाथि सुझाव लिने कार्यक्रममा एमाले अध्यक्ष ओली र काँग्रेस सभासद् महेन्द्राकुमारी लिम्बू सहभागी थिए ।

हेटौडामा झडप, कमल थापाकी पत्नी घाइते

;+ljwfg;ef gful/s ;DaGw tyf ;+ljwfg ;'emfj ;ldlt ;+ljwfgsf] klxnf] d:of}bfdfyL ;'emfj ;ªsng sfo{qmddf lxGb" /fHosf] dfu ub}{ lj/f]wdf pq]sf /fk|kf g]kfnsf sfo{stf{x? . tl:a/ M cRo't /]UdL, /f;;

यस्तै, संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा मकवानपुरको हटियामा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरीसँगको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी श्रीमती प्रलिता, केन्द्रीय सदस्य राजाराम बर्तौला लगायत नेता कार्यकर्ता घाइते भएका हुन् । प्रलितामाथि हातपात समेत गरिएको राप्रपा नेपालले प्रहरीमाथि आरोप लगाएको छ ।

रामचन्द्र पौडेलकै अगाडि च्यातियो मस्यौदा

यस्तै, तनहुँको दमौलीमा संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रम चलिरहँदा नेकपा–माओवादी र नेकपा माओवादी (विप्लव) पक्षका कार्यकर्ताहरुले संविधानको मस्यौदा च्यातेका छन् ।

k|b{zgsf/LnfO{ /f]Sb} ;'/IffsdL{x?  emfkfsf] ljtf{df]8l:yt cu|;]g ejg kl/;/df ;+ljwfgsf] d:of}bfdf hgtfsf] /fo ;'emfj ;ªsng ug{] sfo{qmddf /fli6«o k|hftGq kf6L{ -/fk|kf_ g]kfnsf g]tf tyf sfo{stf{n] lj/f]w k|bz{g u/]kl5 k|b{zgsf/LnfO{ /f]Sb} ;'/Iff sdL{ . tl:a/M ;'/]Gb| e08f/L–/f;; -;'?ªuf_ emfkf

नेपाली काँग्रेसका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर २ का सभासद रामचन्द्र पौडेल उपस्थित रहेको सो कार्यक्रममा नेकपा–माओवादीका जिल्ला सचिव अतिन्द्रकेशरी न्यौपानेले समय लिएर आफ्नो सुझाव राख्ने क्रममा सुझाव संकलन कार्यक्रम औचित्य हिन र संविधानको मस्यौदाले जनताको भावनाको प्रतिनिधित्व नगर्ने बताउँदै मस्यौदा च्यात्ने उद्घोष गर्नासाथ हलमा उपस्थित कार्यकर्ताहरुले एकै साथ मस्यौदा च्यातेका थिए । मस्यौदा च्यात्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि मस्यौदा च्यात्नबाट भने रोक्न सकेन । मस्यौदा च्यातेपछि उक्त दुबै पार्टीका कार्यकर्ताहरु सुझाव संकलन कार्यक्रम बहिष्कार गर्न आह्वान गर्दै नारावाजी गर्दै हलबाट बाहिरिएका थिए ।

पर्सामा सभासद्को सुरक्षार्थ खटिएका डीएसपी कुटिए

संविधानको मस्यौदा संकलनका क्रममा सभासद्को सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) यावदबहादुर घर्ती कुटिएका छन् ।

उनलाई मस्यौदाको विरोधमा नाराजुलुस गरिरहेका प्रदर्शनकारीले कुटेका हुन् । पर्साको क्षेत्र नम्बर २ मा झडप हुँदा डिएसपी यादवबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुरमा माओवादीले मस्यौदा खोसेर च्यात्यो

यस्तै, संविधानको मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले काठमाडौंको कीर्तिपुरमा जनमत सङ्कलन कार्यमा अवरोधको प्रयास गरेका छन् ।

कीतिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत सङ्कलन कार्यलाई प्रभावित तुल्याउने उद्देश्यले ती कार्यकर्ताले मस्यौदा च्यातेका हुन् । पूर्व सभासद् पार्वती थापामगर नेतृत्वको टोलीले संविधानमा सबै पक्षको भावनालाई सम्बोधन नगरिकन संविधान जारी गर्न खोजिएकाले आफूले मस्यौदा च्यातेको जानकारी गराउनुभएको थियो ।

दशरथ रङ्गशालामा राप्रपा नेपालको अवरोध

यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र १ अन्तर्गत दशरथ रङ्गशालामा सुझाव सङ्कलन कार्यमा राप्रपा नेपालका केही कार्यकर्ता नाराबाजीसहित कार्यक्रमस्थलमा प्रवेश गरी अवरोधको प्रयास गरेका छन् ।

सुरुमा सुझाव दिन आएको भनी सुरक्षाकर्मीलाई झुक्याउँदैभित्र छिरेका उनीहरुले भित्र आएपछि झडप र अवरोधको प्रयास गर्दा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिई नाराबाजी गर्नेलाई बाहिर निकालेका छन् ।

मस्यौदा च्यातेर नाराजुलुस गर्ने माओवादीका केन्द्रीय नेतालाई गौशालामा प्रहरीले लखेट्यो

यस्तै, संविधानको मस्यौदामा सुझाव संकलन भइरहेका बेला नारा जुलुस गर्दै विरोध गर्ने नेता तथा कार्यकर्ताहरुलाई गौशालामा प्रहरीले लखेटेको छ ।

महोत्तरीको क्षेत्र नं ३ गौशालामा सोमबार आयोजना गरिएको मस्यौदामा राय सुझाव सङ्कलन कार्यक्रममा मस्यौदा च्यातेर नाराजुलुस गर्दै विराधे गर्ने वैद्य माओवादीका केन्द्रीय सदस्य महादेव यादवसहित १ दर्जन नेताहरु लखेटिएका हुन् ।

Nepal_Bandh_09

जिल्ला विकास समिति महोत्तरीको सभाहलमा आयोजित सो कार्यक्रम सुरु भएलगत्तै तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, नेता रामशङ्कर साह, देवेन्द्र चौधरी, माओवादी वैद्य समूहका केन्द्रीय सदस्य महादेव यादव, जिल्ला सचिव कृष्णहरि गजुरेल, सद्भावनाका अवधेश साह, धमेन्द्र्र रायलगायतका व्यक्तिले नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा प्रश्नावली फारम च्यात्दै विभिन्न नारा जुलुस गर्न थालेपछि कार्यक्रम बिथोलिएको थियो ।

सयौँको सङ्ख्यामा रहेका मधेसवादी तथा माओवादीका नेता कार्यकर्ताले फारम च्यातेपछि प्रहरी र उनीहरुबीच तानातान भएको थियो भने प्रहरीले सबै नेता कार्यकर्तालाई घचेटेर सभाहल बाहिर पठाएका थिए । त्यस्तै सो कार्यक्रममा प्रहरी र मधेसी तथा माओवादी नेता कार्यकर्ताबीच केही समय झडप पनि भएको थियो ।

झापामा सभासद्को टोलीलाई कालो झन्डा

यस्तै, संविधानको मस्यौदामाथि सुझाव सङ्कलनका लागि झापाको धुलाबारीमा आएका सभासद्सहितको टोलीलाई सङ्घीय समाजवादी फोरम नेपाल र सङ्घीय लिम्बूवान पार्टीले संयुक्त रुपमा कालो झन्डा देखाएका छन् ।

मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै सुझाव सङ्कलनका लागि आएका सभासद्सहितको टोलीलाई कालो झन्डा देखाएको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धनप्रसाद गुरुङले बताउनुभयो ।

क्षेत्र नंंं १ लाई समेटर धुलाबारीस्थित पासाङ ल्हामु हलमा कार्यक्रम भइरहेको छ । उनीहरुले सभाकक्षमा प्रवेश नगरी बाहिरै मौन बसेर कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका छन् ।

सुझाव सङ्कलन कार्यमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था मजबूत पारिएकोे झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

कैलालीमा संविधानको मस्यौदामा सुझाव दिदै गर्दा मृत्यु

यस्तै, संविधानको मस्यौदामा सुझाव दिँदै गर्दा कैलालीमा एक जनाको मृत्यु भएको छ । सुझाव दिनका लागि बोल्दै गरेका धनगढी नगरपालिका १ का ५२ वर्षिय चक्रवहादुर थापाको सोमबार मृत्यु भएको हो ।

क्षेत्र नम्वर ६ अन्तर्गत कैलाली जिल्ला विकास समितको हलमा भएको कार्यक्रममा सुझाव दिने क्रममा वेहोस भएका थापालाई सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो । घटनाको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक मनोहर भट्टले पुष्टी गर्नु भएको छ । ‘अली वेस्सरी वोल्दै हुनुहुन्थ्यो त्यसक्रममा वेहोस हुनुभयो’ प्रहरी निरीक्षक भट्टले बताउनुभयो । सुझाव दिने क्रममा थापाले १० मिनेट बोलेका थिए ।

जनकपुरमा झडप, माओवादी नेतासहित १७ जना घाइते

यस्तै, संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्ने र प्रहरीबीच भएको झडपका कारण तनाब उत्पन्न भई जनकपुरमा राय सङ्कलन कार्य प्रभावित भएको छ । राय तथा सुझाव सङ्कलन केन्द्र जनकपुर उद्योग वाणिज्य सङ्घनजिक मस्यौदा विरोधी र प्रहरीबीच झडप भएको हो ।झडपमा परी माओवादी नेता रोशन जनकपुरी, महिला नेत्री रेणु झा, मधेसवादी दलका नेता शेषनारायण यादवलगायत १५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय विभिन्न अस्पतालमा भइरहेको छ ।

राय सङ्कलन केन्द्रमा नेपाली काँग्रेसका सभासद्हरु लीला कोइराला, मिनाक्षी झा र प्रमिला दासको मात्र उपस्थिति रहेको छ । मधेस अधिकार सङ्घर्ष समितिद्वारा आह्वान गरिएको दुईदिने जनकपुर बन्दका कारण जनकपुरका सम्पूर्ण उद्योग, व्यवसाय प्रभावित भए पनि मस्यौदा विरोधी र प्रहरीबीच भएको ढुङ्गामुढाका कारण जनकपुर युद्ध स्थल बनेको छ । त्यस्तै, धनुषाको धनुषाधाम, ठेराकचुरी र औरहीमा पनि झडप भएका कारण राय सङ्कलन कार्य प्रभावित भएको छ ।