२० कार्तिक २०८३, शुक्रबार

सिरहामा प्रचण्ड बसेको कार्यक्रममा यसरी वर्षीयो ढुङ्गामुढा, कस्ले बचायो प्रचण्डलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_hit_by_madheshi_morcha_siraha_5_CA_draft_nepalकाठमाडौं, ४ साउन । संविधानको मस्यौदामा सुझाव संकलनका लागि सिरहा पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमण भएको छ ।

आज विहान भारतको एकहप्ते भ्रमणबाट फर्केर सुझाव लिन सिरहाको क्षेत्र नं. ५ को मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका प्रचण्डलाई मधेसवादी र वैद्य माओवादीका कार्यकर्ताले कालो झन्डा देखाई मञ्चमै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Gaur_Protest_09जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रचण्डलाई मोहन उच्च माविमा पुगेका बेला प्रदर्शनकारीले कालो झण्डा देखाउँदा प्रहरीले बल प्रयोग गरेपछि झडप सुरु भएको थियो । प्रहरीसँगको झडपले उग्र रुप लिएपछि प्रदर्शनकारीले प्रचण्ड बसेको मञ्चमा ढुंगामुढा हानेका थिए । त्यो क्रममा शसस्त्र प्रहरीले घेरा हालेर प्रचण्डलाई बचाएको थियो । ढुगांमुढाबाट प्रचण्डलाई बचाउँदा सुरक्षाकर्मी घाइते भएका छन् ।

झडपले प्रचण्डमाथि आक्रमण भएपछि मस्यौदामा जनताको राय सुझाव संकलन कार्यक्रम प्रभावित भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास समेत हानेको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई बजारबाटै लखेटेको थियो । अहिले सिरहाको अवस्था सामान्य रहेको छ ।