२० कार्तिक २०८३, शुक्रबार

संविधानको मस्यौदामा सुझाव दिदै गर्दा एकको मृत्यु, यस्तो थियो दश मिनेटको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali_district_20140302110941धनगढी, ४ साउन । संविधानको मस्यौदामा सुझाव दिँदै गर्दा कैलालीमा एक जनाको मृत्यु भएको छ ।

सुझाव दिनका लागि बोल्दै गरेका धनगढी नगरपालिका १ का ५२ वर्षिय चक्रवहादुर थापाको सोमबार मृत्यु भएको हो ।

क्षेत्र नम्वर ६ अन्तर्गत कैलाली जिल्ला विकास समितको हलमा भएको कार्यक्रममा सुझाव दिने क्रममा वेहोस भएका थापालाई सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो ।

घटनाको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक मनोहर भट्टले पुष्टी गर्नु भएको छ । ‘अली वेस्सरी वोल्दै हुनुहुन्थ्यो त्यसक्रममा वेहोस हुनुभयो’ प्रहरी निरीक्षक भट्टले बताउनुभयो । सुझाव दिने क्रममा थापाले १० मिनेट बोलेका थिए ।

उनले संविधानमा नेपाललाई धर्म निरपेक्षता बनाउनुपर्नेमा माग राखेका थिए । विशेष गरी १० मिनेटको भाषणमा क्रिशियन धर्मलाई निकै जोड दिएका थिए । उनले यशुको खुबै वयान गरेका थिए । जसरी पनि क्रिशियनले अधिकार पाउनुपर्छ भन्दा उनी वेहोस भएर ढलेका थिए ।

थापालाई चिन्ने सन्तोष शर्माका अनुसार उच्च रक्तचापको विमारी भएकोले ह्दयघात भएको हो । उनलाई यसअघि पनि दुईपटक ह्दयघात भएको थियो ।