२० कार्तिक २०८३, शुक्रबार

पेट्रोल बम प्रहारबारे यसो भन्छन् अर्थमन्त्रीका पिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Sharan-Mahatकाठमाडौ, ४ साउन । गृहजिल्ला नुवाकोट जाँदै गरेका अर्थमन्त्री डा. रामशरण महत चढेको गाडि गुडिरहेको सडकमा पेट्रोल बम प्रहार भएको घटनाको अहिलेसम्म सत्यतथ्य विवरण बाहिर आउन सकेको छैन् ।

प्रहरीले पनि घटना कसरी भयो भनेर स्पष्ट जवाफ दिन सकेको छैन् । यसैक्रममा घटनाका प्रत्यक्षदर्शी अर्थमन्त्रीका स्वकीय सचिव दिनानाथ गौतमले दैनिक नेपालसँग घटनालाई यसरी केलाए :

अर्थमन्त्रीज्यूको गाडी पारी गइसकेको थियो । पछाडि प्रकाशसरण महतको गाडी थियो । उहाँहरु ढिकुरेको पुल आउनुभन्दा केही तलको खोल्सामा आउँदै हुनुहुँदोरहेछ । तीन वटा झुम्रो बल्दै झरेको देख्नुभएछ ।

सीसामा झुम्रो बरेको रहेछ । त्यसँ भित्र पानी पनि थियो रे । उहाँहरुले हेर्दा पनि त्यो बम जस्तो लागेनछ । यताउती हेर्दा कोही देखिएनछन् । उहाँहरुले भन्नुहुन्थ्यो, ‘कसैले कम गर्दाखेरी फालेको अथवा केटाकेटी खेलेजस्तो लाग्यो ।’

यदी बम नै हानेको भए मन्त्रीलाई नै लक्षित गरेर हान्नुपर्ने । त्यो बम चाही होइन ।

-दिनानाथ गौतम, अर्थमन्त्रीका पिए

यसो भन्छ प्रहरी

तीन वटा १ सय ५० एमएलको सिसी फेला परेको छ । त्यसभित्र अलिकति पानीजस्तो छ । त्यहाँ हामीले एउटा पागल जस्तो मान्छे फेला पारेका थियौँ । उसैले त्यो सिसी फालेको हुनसक्ने हाम्रो अनुमान छ । अरु कुरा सिसीलाई टेस्ट गरेपछि मात्र थाहा लाग्छ ।

अर्थमन्त्री रामशरण महत आज विहान संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकेट जाँदै गर्दा यस्तो घटना भएको हो ।