काठमाडौँ, ४ साउन । भारतको साताव्यापी भ्रमण सकेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार स्वदेश फर्किएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड असार २९ गते भारत भ्रमणमा निस्किएका थिए । देशमा संविधान निर्माणको काम रफ्तारमा चलिरेहका बेला प्रचण्ड भारत जाँदा धेरैको मनमा शंका पनि उब्जिएका थिए ।
त्यो शंका प्रचण्डले आज स्वदेश फर्किपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी सफाई दिएका छन् । भ्रमणका क्रममा प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज लगायतका उच्चस्तरीय देखि सबै स्तरका नेतासम्मलाई भेटेका थिए ।
यस्ता छन् एकहप्ते भारत भ्रमणबाट प्रचण्डले नेपालका लागि ल्याएका कोसेली (बुँदासहित) :
नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्ने भारत सरकारको वचन ।
कालापानी, सुस्ता, लिपुलेकलगायतका स्थानमा देखिएको सीमा समस्या समाधान गर्ने भारतीय सरकारको वचन ।
ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समस्याको समाधान गर्ने अर्काे वचन ।
सीमा समस्या, बढ्दो व्यापार घाटा कसरी समाधानका विषयमा छलफल ।
भारतमा रहेका नेपालीले भोग्नुपरेका विभिन्न समस्या, बैंक खाता खोल्दा भोग्नुपरेको अप्ठ्यारो, भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महँगो शुल्क, भारतमा क्रियाशील अखिल भारतीय एकता समाजमाथि लागेको प्रतिबन्ध हटाउन पहल गर्ने वचन ।
‘‘सबै समस्यालाई जिम्मेवार भएर हल गर्ने भारत सरकारको अर्काे वचन ।
संविधान लेखनमा भारतको साथ ।
सबै पक्षलाई मिलाएरै संविधान बनाउँदा राम्रो हुने भारतीय प्रधानमन्त्रीको सुझाव । अन्य नेताहरुको पनि
त्यसैमा जोड ।
भूकम्पले ध्वस्त पारेको गुजरात भ्रमणबाट आफूले नेपालको पुनःनिर्माण कसरी गर्न सकिन्छ भन्ने शिक्षा नेपालले पायो ।












प्रतिक्रिया