– डम्मरराज भट्ट
महेन्द्रनगर, ३ साउन । नेकपा माओवादी विप्लव समुह कञ्चनपुरका कार्यकर्ताहरुले सभाषदकै अगाडी मस्यौदा च्यातेका छन् ।
आइतबार नेपाल कानुन समाज कञ्चनपुरले संविधान निर्माण सवालमा नागरिक सचेतना र सम्वाद कार्यक्रममा सहभागी भएका यहाँका संविधानसभा सदस्यका अगाडि सविधानको पहिलो मस्यौदा पुरानै ढर्रा र विदेशीको ईसारामा बनेको भन्दै विरोध स्वरुप च्यातिदिएका हुन् ।
सभाषद कलसा महरा, दुर्गा खुना, जैदेव जोशी, आनन्दी पन्त र तारणी दत्त चटौतकै अगाडि मस्यौदाको कागज च्यातिदिएका छन् ।
संविधानको पहिलो मस्यौदामा नागरिक सुझाव लिईरहेका बेला नेकपा माओवादी कञ्चनपुरका नेता विपी उपाध्ययले यो संविधानको पहिलो मस्यौदा जनता बिरोधी र अपूर्ण भएको भन्दै खारेजीको माग राख्दै मस्यौदा च्याते ।
कार्यक्रममा सहभागी अन्य माओवादी कार्यकर्ताहरुले एकहुल अगाडि गएर नारावाजी समेत गरेका छन् । संविधानको मस्यौदा खारेज गरी नेकपा माओवादी सहित संविधान बाहिर रहेका शक्तिहरुलाई पनि सहभागी गराएर नयाँ संविधान निर्माण गरिनुपर्ने नेकपा माओवादी कञ्चनपुरको माग छ ।
नेकपा माओवादी कञ्चनपुरका कार्यकर्ताहरुले संभाषदकै मुख अगाडि मस्यौदा च्यातिदिएपछि सहभागीहरु पनि टुल्ल पारेर बसेका थिए ।













प्रतिक्रिया