२० कार्तिक २०८३, शुक्रबार

संविधान मस्यौदाको विरोध गर्ने नेतालाई माधव नेपालको कडा जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalरौतहट, २ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको मस्यौदामा उल्लेखित व्यवस्थाले जनताको आधारभूत अधिकार स्थापित गर्ने बताउनुभएको छ ।

संविधानको मस्यौदा सुझाव सङ्कलनका लागि गृह जिल्ला रौतहट आइपुग्नुभएका नेता नेपालले शनिवार पार्टी कार्यालय गरुडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मस्यौदामा उल्लेखित व्यवस्थाले देश विकासको भावी रेखा कोर्ने र सबैखाले विभेदको अन्त्य गर्ने पनि बताउनुभयो ।

संविधानमा के लेखेको छ भन्ने कुरा अध्ययन नै नगरी मस्यौदाको विरोध गर्नु उचित नभएको भन्दै उहाँले विरोध गर्नेलाई सर्वप्रथम मस्यौदा अध्ययन गरेर मात्र बोल्न आग्रह गरे । ‘मस्यौदा नहेरेरै जलाउने च्यात्ने मान्दैनौं भनेर विरोध गर्न पाईँदैन् । त्यस्ता नेता तथा नागरिकलाई मेरो जवाफ छ पढेर आउनुस् अनि सच्याउन तयार छु ।’

यसअघि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम अब जारी हुने संविधानले गर्ने भन्दै नेता नेपालले भन्नुभयो, “यसको विरोध गर्नु भनेको ती उपलब्धिलाई संस्थागत हनु नदिनु होे ।”