२० कार्तिक २०८३, शुक्रबार

राप्रपाले हिन्दू राज्य कायम गराएरै छाड्छ : कमल थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1चितवन, २ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउनु आफ्नो पार्टीको मुख्य मुद्दा भएको बताउनुभएको छ ।

धार्मिक एवम् ऐतिहासिक स्थल देवघाटधाममा आजदेखि सुरु बोल ॐमहोत्सव तथा एक महिने बृहत् धार्मिक अनुष्ठान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले प्रमुख दलका नेताहरु बाहिरी देशको प्रभावमा परेर नेपाललाई धर्म निरपेक्षता बनाएको भन्दै यसले नेपालमा हिन्दू धर्म नै सङ्कटमा परेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा उहाँले अहिले धर्म परिवर्तन गराउने लहर चलिरहेको भन्दै यसलाई रोक्न सनातन हिन्दू धर्मावलम्बीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल सर्वधर्म समभावसहितको हिन्दू राज्य हुनुपर्ने भन्दै अध्यक्ष थापाले आफ्नो माग यथावत् रहेको बताउनुभयो ।