काठमाडौं, १ साउन । आईसीसी टी-टवान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतका खेलमा कमजोर प्रदर्शन गरेपछि नेपाली खेलाडीहरुको चर्को अलोचना भएको छ ।
लगातार दोस्रो पटक टी-ट्वान्टी विश्वकप खेल्ने लक्ष्यका साथ गत असार पहिलो साता आयरल्यान्ड भ्रमणमा निस्केको नेपाली राष्ट्रिय क्रिकेट टोलीले हरेक खेलमा खराब प्रदर्शन गरेपछि देशभरी फ्यानहरुले चर्काे आलोचना गरेका हुन् ।
प्रतियोगितामा पछिल्लो तीन खेलमा लगातार हार व्यहोरेपछि निराश भएका फ्यानहरुले आक्रोशित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको राजीनामा माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक ट्विटरमा नेपाली टिम र खेलाडीको चर्काे अलोचना गर्दै फ्यानहरुले पारस र पुबुदुको राजीनामा माग गरेका हुन् । ट्विटरमा अन्नत लेख्छन्-‘अब राम्रो गर्ला भनेको झन झन विगार्दै पो गए, व्याटिङमा पारस, ज्ञानेन्द्र, विनादले अर्धशतक हान्लान भनेको त रन नै नबनाएर आउट भइरहेका छन् । अब यस्तो अवस्थामा पारस र पुबुदुले राजीनामा दिनुको विकल्प छैन् । नयाँ खेलाडीलाई ल्याएर अवसर दिनुपर्छ ।’
यस्तै, फेसबुकमा विफल थापा लेख्छन्-‘गोरखालीको बेइज्जत भो, विर गोर्खालीले खेल्दै हार्दै गर्दा आज निकै लाज भयो, अब पारस र पुबुदुले राजीनामा दिएर समिक्षा गर्नुपर्छ ।’ सविन गमान श्रेष्ठ लेख्छन्-‘क्याप्टेन र कोच चेञ्ज गर्नुपर्छ । अब अन्य खेलाडीहरु पनि ।’
यस्तै, केही फ्यानहरुले पारस पुबुदुलाई खुल्ला पत्र नै लेखेर-‘पारसले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ, पुबुदुलाई कोचबाट हटाएर विदाई गर्नपर्छ’ भनेका छन् । यस्तै, अर्जुन बुढाथोकीले-‘अब नेपालमा अर्को पारसको खाँचो छ छ । अहिलेका पारसलाई घरगृहस्थीमा पठाउनुपर्छ ।’ भनी लेखेका छन् ।
समिर लिम्बु लेख्छन्-‘पारस र पुबुदुले तुरन्त राजीनामा दिएर अन्यको लागि मार्ग प्रशस्त गर्नुपर्छ नयाँ व्याटसम्यान र नयाँ कोच जस्ले नेपाली खेलाडीमा नयाँ व्याट्सम्यानको जन्म गरायोस र दुवैको राजीनामा तुरन्त गरियोस।
यस्तै, दिवाकर अमात्य लेख्छन्-‘कप्तान पारसले तत्काल राजीनामा दिनुपर्छ, अन्यथा क्रिकेट भविष्य अन्धकारमा धकेलिनेछ ।’ उनले अब क्रिकेटको नेतृत्व नयाँ पुस्तालाई हस्तारण गर्नुपर्ने लेखेका छन् । यस्तै, मदन क्षेत्री लेख्छन्-‘अब भोलीको गेम हारेर फर्के हुन्छ । बेकारमा भोली पनि जर्सीले धुलो चटाउछ । अब २०२०को लागि पुरै नयाँ खेलाडी खोज्दै गरे हुन्छ ।’ लेख शाक्य लेख्छन्-‘फर्केर रोएर आइज न । जुता मालाले स्वागत गर्छु ।’
फ्यानहरुका यी आक्रोश मागले नेपाली क्रिकेट टोलीमाथि नेपालीहरुको कति आशा र भरोसा छ भन्ने कुरा देखाएको छ । तर फ्यानको आशा र भरोसा अनुसार नेपाली टिमले प्रदर्शन नगर्दा देशभरीका निराश फ्यानले कप्तान पारस र प्रशिक्षक पुबुदुको राजीनामा मागेका हुन् । सँगै अन्य खेलाडीलाई परिवर्तन गर्नुपर्ने माग उनीहरुको भनाईबाट प्रष्ट हुन्छ ।
लामो समयदेखि नेपाली क्रिकेट टोली आफूलाई सुधार गर्दै विश्वकप छनोटसम्म पुगेपनि त्यहाँबाट अगाडि बढ्न सकेको छैन् । अघिल्लो वर्षपनि नेपाल छनोटबाटै फर्किएको थियो ।












प्रतिक्रिया