काठमाडौं, १ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार भेटवार्ता गरेका छन् ।
एक हप्ते भारत भ्रमणका क्रममा तीनदेखि दिल्लीमा रहेका प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग शुक्रबार साँझ उनकै निवास हैदरवाद हाउसमा भेटवार्ता गरेका हुन् । भेटवार्तामा मोदीले नेपालको संविधान निर्माण प्रक्रियामा चाँसो देखाएका छन् ।
मोदीले नेपालमा शान्ति प्रकृया र संविधान लेखनको काम लगभग अन्तिमतिर पुगेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले सबैको सहमतिमा संविधान जारी होस् भन्ने विश्वास पनि राखे ।
भेटवार्तामा प्रचण्डले १६ बुँदे सम्झौता र संविधान मस्यौदाको बारेमा मोदीलाई जानकारी गराएका थिए । वार्ताका क्रममा प्रचण्ले भारत-चीनले लिपुलेक नाकाका बारेमा गरेको विवादास्द सम्झौताका बारेमा समेत कुरा उठाएका छन् ।
जवाफमा मोदीले लिपुलेकको विषयलाई नसुने जस्तो गरी अर्कै कुरामा मोडेर दुई देशका समस्या मिलेर सुल्झाउनुपर्ने बताएका थिए । प्रचण्डले मोदीसँग करिब ४५ मिनेट वार्ता गरेका थिए । प्रचण्डले आज राति राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्दैछन् ।













प्रतिक्रिया