काठमाडौ, १ साउन । संविधानको मस्यौदामाथिको सुझाव संकलनका लागि सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले सुझाव संकलनका लागि जिल्लास्तरमा अन्तर्क्रिया कार्यक्रम हुने दिनका लागि विदा दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन ४ र ५ गते मस्यौदाको सुझाव संकलनका लागि जिल्लाहरुमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ । सुझाव संकलनका लागि संविधानसभाले मस्यौदालाई जिल्ला-जिल्लामा पठाइसकेको छ । सभासदहरु पनि शुक्रबार जिल्लातर्फ गएका छन् ।
सरकारले साउनको ४ र ५ गते विदा दिएपछि अब साउन ६ गतेबाट मात्रै नियमित कार्यहरु सञ्चालन हुनेछन् । २ गते शनिबार परेको छ भने ३ गते सरकारले मुसलमान समुदायको चाडपर्व इदको विदा दिएको छ ।
जसकारण अब सरकारी कार्याहरु पनि साउन ६ गते बुधबार खुल्नेछन् ।












प्रतिक्रिया