काठमाडौं, १ साउन । अर्थमन्त्री डा. रामशरण महतले आफूसँग विदेशको स्थायी बसोबास अनुमतिपत्र ‘पीआर’ तथा ग्रीन कार्ड नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा आफ्ना कुरा लेख्दै अर्थमन्त्री महतले आफूसँग कुनैपनि देशको ‘पीआर’ र ग्रीन कार्ड भएको प्रमाण कसैले दिए ‘आफ्नो सम्पूर्ण सम्पत्ति उसलाई पुरस्कारस्वरुप दिने’ घोषणा गरेका हुन् ।
‘मलाई पीआरधारीको आरोप लगाउनेलाई चुनौती छ, कुनै आधार–प्रमाण दिनुहोस्, मेरो सम्पूर्ण सम्पत्ति तपाईंलाई पुरस्कार,’ अर्थमन्त्री महतले ट्विटरमा अगाडि लेखेका छन्-‘हिम्मत भए गलत प्रचार गरेबापत कानुन बमोजिम सजाय भोग्न तयार हुनुपर्यो ।’
सरकारका अधिकांश मन्त्रीहरुसँग पीआर र ग्रीनकार्ड भएको समाचार बाहिर आईरहदा अर्थमन्त्री महतसँग पनि पीआर रहेको चर्चा चलिरहँदा उनले आफ्नो पीआरबारे कुनै पनि खालको प्रमाण दिनसक्नेलाई पुरस्कारको घोषणा गरेका हुन् ।
यसअघि, विहीबार संसदमा विशेष समय लिएर बोल्दै सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पनि आफूसँग डीभी र पीआर नरहेको प्रष्ट पारेका थिए । आफू सम्पूर्ण रुपमा नेपाल र नेपाली जनताप्रति समर्पित रहेको उनको जिकिर थियो ।













प्रतिक्रिया