३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटः नेपाललाई आज ‘रेष्ट’, भोली आयोजक आयरल्याण्डको सामना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Cricket-Team

काठमाडौं, २७ असार । आइसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले भोली आयोजक आयरल्याण्डको सामना गर्दैछ ।

आइसीसीको तालिका अनुसार दुई खेलबाट तीन अंक प्राप्त गर्दै आफ्नो समुह ‘ए’को शीर्ष स्थानमा उक्लिएको नेपालले सोमबार बेलुका ७ बजे आयोजक आयरल्याण्डको सामना गर्न लागेको हो ।

पहिलो र दोस्रो खेलमा राम्रै प्रदर्शन गरेको नेपालले आइतबार (आज) एक दिनका लागि आराम पाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु ‘रेष्ट’को फाइदा उठाउँदै आन्तरिक प्रशिक्षणमा संघर्षपूर्ण जितको तयारी गरिरहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रतियोगितामा आयरल्याण्ड बोलियो टीम हो । घरेलु मैदान स्टोरमन्ट, बेलफास्टमा आयरल्याण्डसँग नेपाल भोली खेल्न लागेको हो । आयरल्याण्ड बोलियो टीम भएकाले नेपाली क्रिकेटरहरु जितका लागि आन्तरिक तयारी गरिरहेको क्यानकी सिईओ भावना घिमिरेले जानकारी दिनुभयो ।

‘बलिङ राम्रो छ, व्याटिङ सुधार गर्न नेपाली क्रिकेटर आज पनि आन्तरिक प्रशिक्षणमा छन्,’ उहाँले भन्नुभयो, ‘बलिङ र व्याटिङको तालमेल भयो भने नेपालको जित्ने सम्भावना छ ।’ यसअघि नेपालले पहिलो खेलमा अमेरिकामाथि विजयी हासिल गरेको थियो भने, नामिबियाविरुद्धको दोस्रो खेलमा अंक बाँडेको थियो ।

बलिङ र व्याटिङमा सुधार भए नेपालले जित्ने सम्भावना रहेको बताइएपनि आयरल्याण्ड बोलियो टीम भएकाले जित हारका लागि सोमबार हुने म्याचमा गरिने प्रदर्शनपछि मात्रै थाहा हुनेछ ।