काठमाडौं, २५ असार । टि–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतिस्पर्धी टिम अमेरिकालाई व्याटिङ र बलिङमा दमदार प्रदर्शनबाट पराजित गर्दै नेपाल ६ विकेटले विजयी भएको हो ।
नेपालका व्याट्सम्यानहरु :
1) ओपनर सागर पुन : ६ रन ।
2) अनिल मण्डल २९ रन ।
3) उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतकसहित ५२ रन ।
4) विनोद भण्डारी ७ रन ।
5) कप्तान पारस खड्का २१ रन ।
6) शरद भेष्वाकर २ रन ।
नेपाललाई जिताउन व्याट्सम्यानहरुको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालका लागि ओपनर सागर पुनले ६ रन बनाए । अनिल मण्डल २९ जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको अर्धशतक प्रहार गरे । विनोद भण्डारीले ७ रन बनाए ।
त्यसपछि व्याटिङ सम्हालेका कप्तान पारस खड्काले नटआउट २१ रन बनाए । अन्तिममा व्याटिङमा पारसलाई साथ दिन आएका शरद भेष्वाकरले २ रन हान्दा नेपाल विजयी भयो ।















प्रतिक्रिया