३० आश्विन २०८३, शुक्रबार

नेपाललाई अमेरिकाको १२२ रनको लक्ष्य, नेपाल व्याटिङमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricketकाठमाडौं, २५ असार । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा अहिले अमेरिकाविरुद्ध खेलिरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाल अमेरिकाले दिएको १२२ रनको लक्ष्य सहित व्याटिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालले १ विकेट गुमाएर ७ रन विकेट गुमाएर ३० रन बनाएको छ । यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

अमेरिकाका लागि अकिम डोड्सनले ३९ रन बनाए भने फहाद बाबरले २३ रन जोडे । नेपालका शक्ति गौचन र बसन्त रेग्मीले समान ३–३ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट लिए ।