३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटः नेपाल आज अमेरिकासँग भिड्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

resize_image

काठमाडौँ, २५ असार । आइसिसी विश्वकप टि-ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले संयुक्त राज्य अमेरिकाको सामना गर्दैछ ।

विहीबारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाली टोलीले आज नेपाली समयअनुसार बेलुका ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्न लागेको हो ।

दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्यसहित छनोट खेल खेल्न युरोप पुगेको नेपालका लागि व्याटिङमा देखिएको समस्या हटाउनुपर्ने चुनौती छ । प्रशिक्षक पुवुद दसानायकेले सबै व्याट्सम्यानले उपयोगी भूमिका खेले व्याटिङ समस्या किनारा लगाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगितामा विभिन्न १४ राष्ट्रको सहभागिता छ । नेपालले समूह चरणको खेलमा अमेरिकासहित हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स (यूएई), स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।

उक्त प्रतियोगितामा शीर्ष छ भित्र पर्न सके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ । त्यस्तै प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।