२० कार्तिक २०८३, शुक्रबार

संविधानको मस्यौदाबारे शीतलनिवासमा प्रमुख चार दलका शीर्षनेताबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sital-nibasकाठमाडौं, २५ असार । राष्ट्रपति डा रामवरण यादवद्वारा प्रमुख चार दलका शीर्षनेतालाई सामसामयिक राजनीतिक विषयमा छलफलका लागि आज बिहान बोलाएको बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा जारी छ ।

बिहान ८ः३० बजेदेखि सुरु भएको सो बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेस जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्छ ।

संविधानको मस्यौदा आजदेखि जनतासमक्ष छलफलका लागि लैजान लागेको सन्दर्भमा बसेको सो बैठकमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।