२० कार्तिक २०८३, शुक्रबार

सर्वोच्चमा दर्ता भयो अनौठो मुद्दा, असफल जीवन जिउनुभन्दा स्वेच्छाले मर्न पाउनुपर्ने माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

supreme_court

काठमाडौँ, २४ असार । सर्वोच्च अदालतमा एउटा अनौठो रिट दायर भएको छ । सुन्दै अनौठो लाग्ने त्यो रिटमा इच्छा लागे मानिसले मर्न पाउनुपर्ने माग गरिएको छ ।

असमर्थ जीवन बाँच्नुभन्दा स्वेच्छाले मृत्युवरण गर्न कानुनी रुपमै पाउनुपर्ने माग गर्दै अधिवक्ताद्वय उत्तमप्रसाद रिजाल र टङ्कहरि दाहालले संयुक्त रुपमा बिहीबार सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गराएका हुन् ।

संविधानसभा, व्यवस्थापिका–संसद्लगायतलाई विपक्षी बनाएर दायर गरेकोे निवेदनमा संविधानले मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूत गरेकाले स्वेच्छाले कानुनी रुपमै ‘मर्न पाउने अधिकार’ पाउनुपर्ने उल्लेख छ ।

नफर्कने मुर्छामा जीवन बिताउनु र वषौँ पीडादायक जीवन बाँच्नुभन्दा मर्न पाउने अधिकार पनि मानवअधिकारभित्र पर्ने भएकाले पीडाहीन वा स्वेच्छाले जीवनको अन्त्य गर्ने उपायलाई वैधता दिनुपर्ने माग गरिएको छ ।

निवेदनमा भनिएको छ, “कसैले इच्छापूर्वक मृत्युवरण गर्न चाहेमा वा उसको संरक्षक, नातेदार, पारिवारिक चाहनाबाट स्वेच्छापूर्वक जीवनलाई अन्त्य गर्ने उपाय रोजेमा पीडाहीन मरणलाई कानुनी तथा संवैधानिक हक प्रदान गर्न माग गर्दछौँ ।”

नेपालमा रहरले वा बाध्यताले मानिसहरु आत्महत्या गर्ने गर्छन् । त्यसलाई सामाजिक रुपमा उचित मानिन्न । यो रिटले एउटा नयाँ बहसको थालनी गरिदिएको छ । नेपालमा यस्तो रिट दायर भएको सम्भवतः यो पहिलो हो ।