
काठमाडौं, २४ असार । आजदेखि सुरु भएको टी-ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आयोजक स्कटल्याण्डले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा यूएईलाई घरेलु मैदानमा ९ विकेटले हराउँदै स्कटल्याण्डले विजयी यात्रा सुरु गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाएको थियो ।
१ सय १० रनको झिनो लक्ष्य पाएको स्कटल्याण्डले १० ओभर खेल्दै १ विकेट गुमाएर पूरा ग¥यो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६२ रन बनाए । त्यस्तै, क्याल कोटजरले ३९ रन थपे । युएईका मोहम्मद नाभेदले १ विकेट लिए ।
यसअघि यूएईले निर्धारित २० ओभरको खेलमा १८ ओभर १ बलमा अल आउट हुँदै १ सय ९ रन बनायो । यूएईका लागि मोहम्मद नाभेदले अविजित १९, फैजान असिफले १७, अम्जाद अली र मोहम्मद साहजादले १४ र उमर अलिले १३ रन मात्रै बनाए ।
यूएईलाई १० ओभरमै अलआउट पार्ने क्रमम स्कटल्याण्डका मार्क वाट र मिचेल लिस्कले समान ३/३ विकेट लिए । प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा अहिले अफगानिस्तान र नेदरल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ ।















प्रतिक्रिया