२० कार्तिक २०८३, शुक्रबार

संविधानको प्रारम्भिक मस्यौदा बोकेर सभासद्हरु हेलिकप्टरबाट जनताको घर-घरमा पुग्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopterकाठमाडौँ, २४ असार । सडक सञ्चालन नभएका मुलुकका विकट जिल्लामा ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’मा जनताको राय सङ्कलन गर्न हवाई साधन प्रयोग गरिने भएको छ ।

संविधानसभाबाट संविधान प्राप्त गर्ने झण्डै ७० वर्षभन्दा अगाडिदेखिको नेपाली जनताको चाहनालाई सम्बोधन गर्न सबै जिल्ला तथा क्षेत्रमा पुग्नुपर्ने भएकाले हेलिकप्टरमार्फत जनताको सुझाव लिन लागिएको हो ।

सडक सञ्जालबाट नजोडिएका हुम्ला र डोल्पामा हेलिकप्टर र विमान ‘चार्टर’ गरेर जनताको सुझाव सङ्कलन गरिने संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले बताउनुभयो ।

त्यसैगरी मुलुकका दुर्गम जिल्लाका अधिकांश भेगमा हवाई यातायात प्रयोग गरेर सुझाव सङ्कलनमा सभासद् तथा सचिवालयका अधिकारी जानुपर्ने भएकाले हवाई सेवा प्रयोग गर्न लागिएको हो ।

त्यसअघि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकमा शान्ति सुरक्षालगायत सुझाव सङ्कलनका सबै कार्य तदारुपताका साथ पूरा गर्न निर्देशन दिइएको थियो ।

प्रारम्भिक मस्यौदामाथि जनताको राय सङ्कलन गर्ने काममा सहयोग गर्न देशवासीलाई आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले सहमति, सहकार्य, मेलमिलापबाटै गणतान्त्रिक संविधान पारित हुने बताउनुभयो । रासस