काठमाडौं, २४ असार । तेक्वान्दो सांस्कृतिक प्रर्दशनीमा भाग लिन नेपाली टोली कोरिया प्रस्थान गरेको छ ।
दक्षिण कोरियाको मुजु तेक्वान्दो पार्कमा हुन गईरहेको ९औं अन्तर्राष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रर्दशनीमा भाग लिन नेपाली खेलाडी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । ६५ देशका खेलाडीको सहभागिता हुने शो प्रर्दशनीमा छनौट भएका पाँच नेपाली खेलाडी कोरिया प्रस्थान गरेका हुन् ।
दश जुलाईदेखि पन्ध्र जुलाईसम्म आयोजना हुने विश्व तेक्वान्दो खेल कला र सांस्कृतिक प्रर्दशनीको मुख्य आर्कषण विभिन्न विद्यामा ६५ देशका स्कुले विद्यार्थीको सहभागिता रहने छ ।
नेपालबाट जेम्स स्कुलका एजेलिया राजकर्णिकार, क्रेशा कोइराला, ह्रवाईट फिल्ड स्कुलका आर्यन खड्गी, योङ्गचेन शेर्पाले प्रतियोगितामा सहभागिता जनाएका छन् । नेपाली खेलाडीले भने स्वाइपिङ्ग र पुम्से विद्यामा प्रतिस्पर्धा गर्ने छन् ।
यस्ता प्रतियोगितामा नेपाली खेलाडीले पनि सहभागिता जनाउन पाउनु नेपाल र नेपाली खेलाडीका लागि ठूलो अवसर भएको प्रशिक्षक अनिश मर्हजनले बताए । आफैले सिकाएका खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउनु नेपाली खेलाडी र नेपालीका लागि गौरव भएको उनको भनाई थियो


















प्रतिक्रिया