काठमाडौं, २४ असार । विश्वकप क्रिकेट खेल्ने भाग्यमानी टोली छनोटका लागि आजबाट टी-ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिताका खेलहरु सुरु हुँदैछन् ।
नेपाली समयअनुसार विश्वकप छनोटका खेलहरु आज दिउँसो तीन बजेबाट स्कटल्याण्ड र आयरल्याण्ड सुरु हुँदैछन् । २६ जुलाईसम्म चल्ने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सहभागी १४ देश दुई समुहमा बाँडिएका छन् । आइसीसीका अनुसार समुह ‘ए’ मा नेपाल, हङकङ, आयरल्याण्ड, जर्सी, नामिबिया, पपुवान्युगिनी र अमेरिका रहेका छन्, भने समुह ‘बी’मा अफगानिस्तान, क्यानडा, केन्या, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र यूएई रहेका छन् ।
आजदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल आयोजक स्कटल्याण्ड र यूएईबीच हुनेछ । यस्तै, आजै बेलुका सात बजे हुने अफगानिस्तान र नेदरल्याण्डबीच अर्को खेल हुनेछ । प्रतियोगितामा नेपाल भोली शुक्रबार अमेरिकासँग भिड्दैछ । विभिन्न अभ्यास खेल खेलेर नेपाल उपाधि लक्ष्यसाथ छनोट प्रतियोगिता सहभागी भएको हो ।
प्रतियोगिताबाट आगामी वर्ष भारतमा हुने विश्वकप क्रिकेट खेल्ने अन्तिम ६ टोलीको छनोट हुनेछ । भोली हुने खेलका लागि नेपाल आन्तरिक तयारीमा लागेको बताइएको छ ।
















प्रतिक्रिया