३० आश्विन २०८३, शुक्रबार

वर्षाले नेपाल र ओमानबीचको अभ्यास खेल रद्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricketकाठमाडौं, २१ असार । टी-२० विश्वकप छनोटका लागि सोमबार नेपाल र ओमानबीचको भएको अभ्यास खेल अविरल वर्षाका कारण रद्द भएको छ ।

आयरल्याण्डस्थित स्टोरमण्टस्थित सिभिल सर्भेन्ट क्रिकेट क्लब बेलफास्टमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएको थियो । ओमानले खेलमा १६.३ ओभरमा ११६ रन बनाउँदा पानी पर्न सुरु भएको थियो । त्यतिबेला खेल रोकिएको थियो ।

ओमनको लागि जीसन मक्सुदले ४४ रनको योगदान दिए भने वैभव वाटेगावन्करले २३, खवार अलीले २२ तथा जतिनदेर सिंहले १४ रन जोडे ।

त्यस्तै बलिङतर्फ भने नेपालका शक्ति गौचन, जितेन्द्र मुखिया, सागर पुन र उपकप्तान ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिए ।

वर्षाका कारण प्रभावित खेललाई १६ ओभरमा छोट्याएर डीएल मेथडका आधारमा नेपालले १२६ रनको लक्ष्य पायो । त्यतिबेला ओमनले १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै ११५ रनको योगफल तयार गरेको थियो ।

तर, जवाफी व्यटिङमा उत्रिएको नेपालले मात्र ३ बल खेल्दा फेरि पानी पर्न सुरु भयो, जतिबेला नेपालले मात्र ६ रन बनाएको थियो । पानी नरोकिएपछि नेपाल र ओमानबीचको खेल रद्द गरिएको हो । नेपालले मंगलबार यूएईसँग खेल्नेछ ।

यही असार २४ गतेदेखि सञ्चालन हुने विश्वकप ट्वान्टीट्वान्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले २५ गते शुक्रबार अमेरिकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

नेपालले समूह चरणको खेलमा संयुक्त राज्य अमेरिका, हङकङ, पपुवा न्युगिनी, आयरल्याण्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै प्रतियोगिताको समूह बी मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स ९युएई०, स्कटल्याण्ड र नेदरल्याण्ड्स छन् । प्रतियोगितामा शीर्ष ६ टोलीले आगामी सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।