२० कार्तिक २०८३, शुक्रबार

‘संविधानसभाले मधेसीमाथि अन्याय गर्‍यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavकाठमाडौँ, २१ असार । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयतासहितको लोकतान्त्रिक संविधानका लागि जनताले गरेको आन्दोलनको मर्म मस्यौदामा समावेश नभएकोमा आपत्ति जनाउनुभएको छ ।

संविधानसभाको बैठकको प्रारम्भमा संविधानको मस्यौदामा आफ्ना विचार राख्दै उहाँले मस्यौदाले नागरिकताका सवालमा मधेसीमाथि अन्याय गरेको, लैङ्गिक रुपमा विभेद गरिएको, अन्यायमा परेका दलित, सीमान्तकृत वर्ग, जनजाति, महिलालाई उपेक्षा गरेको आरोप उहाँले लगाउनुभयो ।

अन्तरिम संविधान, २०६३ मा निहित समावेशितासमेत मस्यौदाबाट हटाइएको, समानुपातिक सहभागिता, सङ्घीयता, धर्मनिरपेक्षता, पहिचानजस्ता विषयमा यसअघिका सहमति मस्यौदामा समावेश नगरिएको, प्रादेशिक स्वायत्तता, नाम र सीमासहितको सङ्घीयता नहुनु मुलुकका निम्ति दुर्भाग्यपूर्ण भएको बताउँदै सभासद् यादवले सर्वोच्चको आदेश विपरीत अघि बढ्नु भनेको देशलाई अनिष्टतर्फ उन्मुख गर्नु हो भन्नुभयो ।

उहाँले अघिल्लो संविधानसभाबाट निरुपण गरिएका र सहमति भइसकेका विषयलाई उल्ट्याएर ल्याइएको मस्यौदा तथा त्यसैका आधारमा जारी हुने संविधानले राष्ट्रिय एकतामा असर पर्ने, मुलुकलाई द्वन्द्वतर्फ उन्मुख गराउने भएकाले यथास्थितिमा मस्यौदालाई अघि बढाउन नहुनेमा जोड दिनुभयो ।

तराईका सीमान्तकृत वर्गको उत्थानमा मस्यौदा मौन रहेको र आफ्ना माग त्यसले सम्बोधन नगरेको विरोधमा आफू नेतृत्वको फोरमसहित चार दलले बैठक बहिष्कार गरेको बताउनुभयो ।