३० आश्विन २०८३, शुक्रबार

विश्वकप महिला फुटबलको उपाधि अमेरिकाले जित्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-football-team

काठमाडौं, २१ असार । महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि अमेरिकाले जितेको छ ।

क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान सम्पन्न फाइनल खेलमा साविकको विजेता जापानलाई ५–२ गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि हात पारेको हो ।

अमेरिकालाई उपाधि जिलाउने क्रममा कप्तान लोयर्डले महिला विश्वकप फुटबलकै इतिहासमा छिटो ह्याट्रिकको कीर्तिमान समेत बनाएकी छिन् ।

उनले सुरुवाति १६ मिनेटमा तीन गोल गरेकी हुन् । खेलको पहिलो हाफमै ४–१ को अग्रता लिएको अमेरिकाले दोस्रो हाफमा एक गोल थप्यो । अमेरिकाका लागि कप्तान लोयर्डले ह्याट्रिक गरिन्, भने लउरेन होलीडे र टोबीन हिथले एक÷एक गोल थपे ।

पराजित टोली जापानको लागि युकी ओगीमीले एक गोल गरिन् भने अमेरिकाकै जुली जोन्स्टनले एक आत्माघाती गोल गरिन् । जितसँगै अमेरिकाले सन् २०११ मा जर्मनीमा भएको महिला विश्वकपको फाइनलमा जापानसँग भोगेको हारको बदला लिएको छ ।

अमेरिकाको लागि यो उपाधि महिला विश्वकप फुटबलको तेस्रो उपाधि हो । अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगितामा जर्मनीले दुई पटक उपाधि जितेको छ । जापान र नर्वेले एक एक पटक उपाधि जितेका छन् ।