२१ कार्तिक २०८३, शनिबार

नेपालमा मध्यराति दुईपटक भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquake

काठमाडौँ, १५ असार । नेपालमा सोमबार मध्यराति दुईपटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार मध्यराति ७ मिनेटको अन्तरमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो । राति ११ बजेर २७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसलगत्तै ११ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोकलाई नै केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो ।

सोमबारमात्रै नेपालमा तीन पटक भूकम्पको धक्का महसुस गरियो । यसअघि सोमबार बिहान रामेछापलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Earthquake-sindhupalchok