१८ कार्तिक २०८३, बुधबार

मोटरसाइकल चोर्दाचोर्दै प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motercycle-chorimotercycle-chori

काठमाडौँ, १३ असार । राजधानीमा मोटरसाइकल चोरीको घटना जारी रहँदा काठमाडौँको नयाँबजारमा मोटरसाइकल चोरी गर्दागर्दै एकजना रंगेहात पक्राउ परेका छन् ।

काठमाडौँको नयाँबजारस्थित प्राइम कलेज अगाडि शनिबार राति मोटरसाइकल चोरी गरिरहेको बेला काठमाडौँ नयाँबजारका छिरिङ गुरुङलाई रंगेहात पक्राउ गरिएको हो । उनलाई तत्कालै प्रहरीको जिम्मा लगाइएको थियो ।

मोटरसाइकल चोरीमा संलग्न गुरुङलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान जारी राखेको छ । तर, उनले भने पार्किङ गरिरहेको मोटरसाइकलमा बसेको तर चोर्ने मनसाय नरहेको प्रहरीलाई बयान दिएका छन् ।